गरिमा बैंकको ५० लाख सम्मको गरिमा सरल एसएमई कर्जा योजना, प्रिमियम दर कति ?

गरिमा बैंकको ५० लाख सम्मको गरिमा सरल एसएमई कर्जा योजना, प्रिमियम दर कति ?


काठमाडौं ।

गरिमा विकास बैंक लिमिटेडले “आफ्नै घर आफ्नै व्यवसायको सपनालाई साकार पार्ने उद्देश्य सहित रु ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा दिने भएको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने बैंकले जनाएको छ ।

गरिमा सरल एसएमई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ ५ र आवधिक कर्जामा मात्र १ प्रतिशत प्रिमियमका साथ नयाँ उद्यमीहरुलाई लक्षित गरी यस कर्जा योजना सार्वजनिक गरिएको हो ।

यो योजना अन्तर्गत व्यवसाय,उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन ईच्छुक ग्राहकहरुले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यस सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस बैंकले हालसम्म देशभर १२३ शाखा कार्यलय, ५१ एटिएम र डिजिटल बैंकिङ्ग मार्फत करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेव प्रदान गर्दै आइरहेको छ ।