बचतकर्ताको २० करोड रकम लिएर जनयोग सहकारीका सञ्चालक फरार

बचतकर्ताको २० करोड रकम लिएर जनयोग सहकारीका सञ्चालक फरार


काठमाडौँ ।

बचतकर्ताको करोडौँ रकम हिनामिना गरेर काठमाडौँ महानगरपालिका वडा–३२ स्थित पेप्सीकोलाको जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक सम्पर्कविहीन बनेका छन् ।

दाजु बहिनीले चलाउँदै आइरहेका सहकारी संस्थाका सञ्चालक केही दिन यता फरार बनेका हुन् ।

दाजु अर्जुन कार्की सहकारीको अध्यक्ष थिए भने बहिनी आस्था कार्की पाण्डेय ऋण शाखाको प्रमुख थिइन् ।  सहकारीका कर्मचारीहरू पुस २६ गतेपछि बचत सङ्कलन गर्न हिँड्न छाडेका थिए ।

सहकारीका सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताहरूले काठमाडौँ महानगरपालिकामा मंगलबार मुद्दा दायर गरेका हुन् ।

बचतकर्ताका अनुसार सहकारीका दाजु बहिनी करिब २० करोड रकम लिएर फरार भएका हुन् । बचतकर्ताहरूले तत्काल सम्पर्कमा आएर बचतकर्ताहरूको पैसा फिर्ता गर्न आग्रह गरेका छन् ।

janayog2