६ महिनासम्म बिदा नलिएपछि ५ प्रहरीलाई जिप्रकाले साेध्याे स्पष्टीकरण

६ महिनासम्म बिदा नलिएपछि ५ प्रहरीलाई जिप्रकाले साेध्याे स्पष्टीकरण


खोटाङ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले छ महिनासम्म बिदा नलिएको भन्दै ५ जना प्रहरीसँग स्‍पष्टीकरण सोधेको छ।

कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले ५ जना प्रहरीलाई बिदा नलिनुको कारणबारे स्पष्टीकरण सोधेका हुन्।

प्रहरी सहायक हवल्दार सबिन थुक्लुङ लिम्बु, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, रूपेश तामाङ र अनिल परियारलाई स्पष्टीकरण सोधिएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी पुरूषोत्तम खड्काले कारबाहीका लागि स्पष्टीकरण नसोधिएको बताए।

प्रहरी नियमावलीअनुसार वर्षमा प्रहरी कर्मचारीले ३० दिन घर बिदा र १२ दिन भइपरी आउने बिदा लिन पाइन्छ।

तर कामको चापका कारण प्रहरी कर्मचारीले बिदा कम पाउने अवस्था छ। जसकारण मनोबल घट्ने समस्या देखिएको हुँदा काममा थप ऊर्जा कायम गर्ने उद्देश्यले यसरी स्पष्टीकरण सोधिएको डिएसपी खड्काले बताए।