हिजो घटेको सुनको भाउ आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?

हिजो घटेको सुनको भाउ आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ ।

शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको आज १ लाख १८ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा करोबार भएको थियो ।