बस दुर्घटनामा घाईते भएका १६ जनाकै पहिचान खुल्याे

बस दुर्घटनामा घाईते भएका १६ जनाकै पहिचान खुल्याे


दार्चुला ।

दार्चुलामा भएकाे बस दुर्घटनामा घाईते भएका १६ जनाकै पहिचान खुलेको छ ।

घाईते हुनेमा बैतडीको पाटन नगरपालिका १ का १७ वर्षीय लक्ष्मण महरा, अपिहिमाल गाउँपालिका ३ का १७ वर्षीय भरत धामी, दशरथचन्द नगरपालिका ४ का २४ वर्षीय प्रशान्त पौडेल, व्याँस गाउँपालिका ४ का ५४ वर्षीय परमानन्द भट्ट, महाकाली नगरपालिका ५ का ६० वर्षीय पशुपती टमटा, महाकाली ५ कै १९ वर्षीय निरुता ओड, महाकाली १ का लालसिंह कार्की, दार्चुलामा कार्यरत एपिएफ जवान मेलौली ६ का ३९ वर्षीय तारादत्त ओझा, सवारी चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका २८ वर्षीय महेश भट्ट, मार्मा ६ का ४० वर्षीय नरेन्द्र धामी, दुहुँ ३ का ३५ वर्षीय हर्कसिंह कार्की, महाकाली १ का ३९ वर्षीय जगत कार्की र कञ्चनपुर शुक्लफाटा १ का २३ वर्षीय भुवन ठगुन्ना रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

उक्त गाडी बैतडीको दोगडाकेदार गाउँपालिका ४ पिपलकोट बसालीका जनक ठगुन्नाको रहेको बुझिएको छ । दुर्घटनामा परि गम्भिर घाईतेमध्ये दुहुँ गाउँपालिका ५ का ५३ वर्षीय दिलिप बहादुर बमको अवस्था गम्भिर रहेकोले थप उपचारका लागि धनगढी रिफर गरिएको र उनीसगै सामान्य घाईते भएका बमकै २३ वर्षीय बुहारी कमला बम र ४ वर्षीय नाती हिमान्सु बमलाई पनि धनगढी पठाइएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर भट्टले बताए ।

थप अहिले एकजना घाईते थपिएको र १३ जना घाईतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको उनले बताए । अझै एक र दुई जनालाई बाहिर रिफर गर्नुपर्ने हुन सक्ने सूचना अधिकारी भट्टले बताए ।

एकै घरका ४ वर्षीय बालक सहित तीन जना घाईते भएपछि परिवारजन चिन्तित छन् । घाईतेहरुको रिर्पोट आउन अझै बाकीँ रहेको अस्पतालले जनाएको छ ।