बिपी प्रतिष्ठानमा हर्क साम्पाङले लगाएकाे ताला खोल्न अदालतकाे आदेश

बिपी प्रतिष्ठानमा हर्क साम्पाङले लगाएकाे ताला खोल्न अदालतकाे आदेश


काठमाडौं ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लगाएकाे ताला खोल्न विराटनगर उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

प्रतिष्ठानका उपकूलपति प्रह्लाद कार्कीलाई कारबाहीको माग गर्दै साम्पाङले कार्कीको कार्यकक्षमा मेयर साम्पाङले ताला लगाएका थिए ।

तालाबन्दीपछि सञ्जीवकुमार साहले अदालतमा रिट दायर गरेका थिए । उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको हो ।