भारतको राम मन्दिरमा प्राणप्रतिष्ठा कपिलवस्तुकाे पालिकामा बिदा

भारतको राम मन्दिरमा प्राणप्रतिष्ठा कपिलवस्तुकाे पालिकामा बिदा


काठमाडौं ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले सोमबार बिदा दिएको छ ।

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राणप्रतिष्ठाको अवसर पारेर पालिकाले स्थानीय बिदा दिएको हो ।

रामको विवाह नेपाली छोरी सीतासँग भएकाले बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले बताए ।

गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा बिदा दिइएको अध्यक्ष मण्डलले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

पालिकाले सोमबार पशुपन्छी र जीवजन्तुको बध, माछामासु र मदिराको बिक्री वितरण नगर्न समेत आग्रह गरेको छ ।