अब बीवाईडीको नयाँ शोरुम कुपनडोलमा पनि

अब बीवाईडीको नयाँ शोरुम कुपनडोलमा पनि


काठमाडौं ।

विद्युतीय सवारीसाधनको क्षेत्रमा विश्वव्यापी रुपमै अग्रणी कम्पनी बीवाईडीले गर्वका साथ ललितपुरमा नयाँ शोरुमको उद्घाटन गरेको छ ।

ललितपुरको कुपनडोल हाइटमा खुलेको नयाँ शोरुम ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका हुन् । शोरुम उद्घाटन गर्दै मेयर चिरिबाबुले आफु सधै इको फ्रेड्ली विद्युतीय सवारीको पक्षमा रहेको बताउँदै आफ्नै महानगरभित्र विद्युतीय गाडीको शोरुम ल्याएकोमा कम्पनीलाई धन्यवाद दिए ।

सोही अवसरमा मेयर महर्जनले आफूले पनि बीवाईडीको विद्युतीय गाडी नै चढिरहेको बताउँदै महानगरपालिकाले किन्ने हरेक गाडी विद्युतीय नै हुने दाबी गरे ।

यो नयाँ शोरुम सहित बीवाईडीका अब नेपालभर १२ शोरुम, ९ सर्भिस सेन्टर र १५ चार्जिङ प्वाइन्ट पुगेका छन्।