आइतबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो ।

शुक्रबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुन १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।