भारतमा राम मन्दिर उद्घाटन : बाराको महागढीमाईले सवालाख दीप प्रज्ज्वलन गर्ने

भारतमा राम मन्दिर उद्घाटन : बाराको महागढीमाईले सवालाख दीप प्रज्ज्वलन गर्ने


बारा ।

छिमेकी राष्ट्र भारतको अयोध्यामा नवनिर्मित भगवान श्रीरामको मन्दिर प्राणप्रतिष्ठाणको अवसरमा बारास्थित महागढीमाई नगरपालिकाले १ लाख ५१ हजार दिप प्रज्ज्वलन गर्ने भएको छ । २२ जनवरी २०२४ अर्थात् ८ गते सोमबारका दिन अयोध्यास्थित राजन्मभूमीमा भगवान् श्रीरामको मन्दिर उद्घाटन हुँदैछ ।

महागढीमाईका नगर प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा गढीमाई मन्दिर परिसरमा दीप प्रज्ज्वलन गर्ने पालिकाले निर्णय गरेको हो ।

सोमबार दिउासो १२ः२० बजे हुने प्राणप्रतिष्ठा कार्यक्रममा विश्वभरका हिन्दु धर्मालम्बीको उपस्थिति हुँदैछ । सोही अवसरमा महागढीमाईले पनि हिन्दुहरुको आस्था र लामो समयपछिको प्रप्त उपलब्धिका रुपमा यसलाई उत्सवको रुपमा मनाउन लागेको नगर प्रमुख यादवले बताए ।

‘भगवान श्रीराम भारतको मात्र हाइन, हामी सबै हिन्दुहरुको साझा देवता हुन् । ५०० वर्षपछि मन्दिर बनेको छ’, यादवले भने, ‘यसलाई हामी सबैले उत्सवको रुपमा बनाउनुपर्छ, भगवान श्रीरामको पुनरागमनको उपलक्ष्यमा हामीले पनि सवालाख दीप प्रज्ज्वलन गर्दैछौँ । त्यसैदिन हाम्रो प्रशासकीय भवन पनि उद्घाटन हुँदैछ ।’

त्यसदिन पालिकाभित्र पशुपंक्षी तथा जिवजन्तुको बध नर्गन र मदिरा तथा माछामासुको विक्रि वितरणसमेत नगर्न पालिकाले अनुरोध गरेको छ । यसका लागि पालिको सार्वजनिक सूचना नै जारी गरेको छ ।

अहिले अयोध्या झकीझकाउ भएको छ भने लखौँ हिन्दुहरु त्यहाँ जम्मा भएका छन् । ५०० वर्षपछि पुनः राम मन्दिर ठडीएको र हुँदै गरेको मन्दिर उद्घाटनको साक्षि बन्न अयोध्यामा अहिले हिन्दुहको ताँती जस्तै लागेको छ ।

मन्दिर उद्घाटनका लागि करिब ३०० नेपालीहरुलाई पनि निमन्त्रणा आएको छ । निमन्त्रणा गरिएकामध्ये विशेष अतिथिका रुपमा वरुण चौधरी पनि सहभागी हुँदैछन् । त्यस्तै, निमन्त्रणा पाएका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल शनिबार नै अयोध्या पुगि सकेका छन् भने नेपालबाट विभिन्न सन्त, महात्मा, पिठधीश तथा महन्तहरु पनि अयोध्या पुगिसकेका छन् ।