पर्यटनमन्त्री किराँती भन्छन्- हिन्दु विश्वविद्यालय नेपालको आवश्यकता हो

पर्यटनमन्त्री किराँती भन्छन्- हिन्दु विश्वविद्यालय नेपालको आवश्यकता हो


काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले भाषा संग्रहालय स्थापना गर्ने बताएका छन् ।

आइतबार मन्त्रालयमा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले भाषा संग्रहालयका लागि सोमबार (भोलि) नै भाषा म्युजियम अध्ययन समिति बनाउने घोषणा गरेका हुन् ।

उनले पशुपति क्षेत्र विकास कोषको गोठाटारको जग्गामा हिन्दु विश्वविद्यालय बनाएरै छोड्ने प्रतिबद्धता पनि जनाए । उनले हिन्दु विश्वविद्यालय नेपाललाई आवश्यक रहेको बताए ।

मन्त्री किराँतीले विश्वविद्यालयलाई पूर्ण सञ्चालनका लागि पनि मन्त्रालयले समिति गठन गर्ने बताए ।