यातायात क्षेत्र सुधारका लागि ऐन तथा नियम संशोधन छिटै हुन्छ: मन्त्री ज्वाला

यातायात क्षेत्र सुधारका लागि ऐन तथा नियम संशोधन छिटै हुन्छ: मन्त्री ज्वाला


काठमाडौं

भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रको विकास र सुधारका लागि प्रचलित ऐन, नियमावली तथा नियमहरु समय अनुकुल संशोधन तथा खारेजीका लागि आफू प्रतिबद्ध रहेको बताए ।

मन्त्रालयले यातायात व्यवसायीहरु तथा विज्ञहरु सहित यातायात्र क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको र त्यसले दिएको सुझावलाई छिट्टै कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे । यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर कामहरु गरिरहेको पनि दाबी गरे ।

आइतबार मन्त्रालयमा यातायात व्यवसायीहरुको सुझाव बुझ्दै मन्त्रीले यस्तो बताएका हुन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासघका महासचिव राजेन्द्रबिक्रम बानियाँका अनुसार माघ ४ गते मन्त्रालयमा भएको छलफल अनुसार नेपाल ट्रक यातायात व्यवसायी महासंघको तर्फबाट सुझाव पेस गरिएको हो ।

सुझाव पत्र बुझाउन नेपाल ट्रक यातायात व्यवसायी महासंघ महासचिव बानियाँका साथै महासंघका सदस्य सरोज खनालको सहभागीता रहेको थियोे ।