काठमाडौंमा तनहुँकी सफिनाको शव फेला, कात्तिक पहिलो साता नै भएको थियाे हत्या

काठमाडौंमा तनहुँकी सफिनाको शव फेला, कात्तिक पहिलो साता नै भएको थियाे हत्या


काठमाडौं ।

काठमाडौंको शोभा भगवतीस्थित एक घरमा हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर १५ शोभा भगवतीमा दुई तले घरको एक कोठाभित्र गत शुक्रबार महिलाको शव फेला परेको हो।

तनहुँको भिमाद नगरपालिका घर भई डेरा गरी बस्ने ५१ वर्षीया सफिना मियाँको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

मियाँको गत कात्तिक पहिलो साता नै हत्या भएको खुलेको प्रहरीले बताएको छ। भारतको मोतिहारी घर भई काठमाडौंको कालिमाटीमा बस्दै आएका ४३ वर्षीय इकराउल हक अन्सारी र मियाँ ‘लिभिङ टुगेदर’मा थिए। अन्सारीलाई प्रहरीले पक्राउ गरिसकेको छ।

घर वरपर गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

बाहिरबाट ताला लगाएको घरको कोठाभित्र हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीको भनाइ छ।