सहकारी काण्ड :आफूलाई निर्दोष सावित गर्न पत्रकार सम्मेलन गर्दै रवि लामिछाने

सहकारी काण्ड :आफूलाई निर्दोष सावित गर्न पत्रकार सम्मेलन गर्दै रवि लामिछाने


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलन डाकेका छन् ।

सोमबार बिहाँन फेसबुकमा एक पोस्ट सेयर गर्दै उनले आज साँझ पत्रकार सम्मेलन बोलाउने तयारी गरेको बताएका हुन् ।

पछिल्लो समय सहकारी घोटलामा तानिएका लामिछानेले आफू निर्दाेष रहेको बताउदै आएका छन् ।

उनले लेखेका छन् :- ‘गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका “स्लिप” मा कोहि “स्लिप” हुनै पर्दैन। बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।’