अफगानिस्तानमा दुर्घटना भएको जहाजका पाइलटसहित ४ जनाको जीवितै उद्धार

अफगानिस्तानमा दुर्घटना भएको जहाजका पाइलटसहित ४ जनाको जीवितै उद्धार


काठमाडौं ।

अफगानिस्तानमा दुर्घटना भएको जहाजमा सवार ६ जना मध्ये चार जनालाई जीवितै उद्दार गरिएको छ।

बिबिसीका अनुसार आइतबार थाइल्याण्डबाट मस्को उडेको डल्सन फाल्कन डिएफ-१० एयर एम्बुलेन्स अफगानिस्तानको बदख्सान प्रान्तको कुफ अब जिल्लास्थित चीन, पाकिस्तान र ताजकिस्तानको सीमामा दुर्घटना भएको थियो।

जहाजमा ६ जना सवार भएको र पाइलटसहित ४ जनालाई जीवितै उद्धार गरिएको अफगानिस्तानको उड्डयन तथा यातायात मन्त्रालयले एक्स (ट्वीटर)मार्फत जानकारी दिएको छ।

उक्त विमानले भारतको गया विमानस्थलमा इन्धन भरेको थियो। त्यहाँबाट उडेर अफगानिस्तानको आकाशमा पुगेपछि विमान राडारबाट सम्पर्कविहीन भएको बिबिसीले जनाएको छ।

त्यसपछि खोजी गर्ने क्रममा अफगानिस्तानको कुफ अब जिल्लाको पहाडी क्षेत्रमा दुर्घनाग्रस्त भेटिएको थियो।

विमानमा रहेका अन्य २ जनाको अवस्था भने अज्ञात छ। उनीहरूको खोजी भइरहेको अफगानी अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।