चीनमा भिषण पहिरो : ४७ जनाको मृत्यु

चीनमा भिषण पहिरो : ४७ जनाको मृत्यु


कुन्मिङ ।

चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ५ः५१ बजे झाओटोङ शहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित २ सयभन्दा बढी उद्धारकर्ता परिचालन गरिएको छ ।

यसै बीच राष्ट्रपति सी चिनफिङले सो प्रकृतिक विपत्तिमा परेकाहरूको उद्धारकार्यलाई तीव्रता दिन आग्रह गरेका छन् । यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेकाे छ ।