चेक जम्मा भएको हो, तर पैसा आएको छैन : रवि लामिछाने

चेक जम्मा भएको हो, तर पैसा आएको छैन : रवि लामिछाने


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले ग्यालेक्सी टेलिभिजनको जागिर छाड्दा कुनै किसिमको सहकारीको पैसा नलिएको बताएका छन्।

सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

सञ्चार माध्याममा आएजस्तो आफ्नो खातामा १ करोड ८० लाख जम्मा भएको कुरा झुटो भएको समेत उनले दाबी गरे।

‘मेरो खातामा पैसा आएको छैन कसैले केही समयका लागि खातामा पैसा हालिदियो स्लिपसँग मेरो कुनै लेनादेना छैन’ उनले भने।

बैंक क्लियरेन्समा पैसा नआए पनि कम्पनी रजिस्ट्रार कार्यालयमा स्लिप गएको उनको भनाई छ । ‘बैंकले नै पत्र दिएको छ, चेक जम्मा भएको हो तर पैसा नभएर जम्मा नभएको भन्ने बैंकले स्पष्ट पारेको छ’ उनले भने ।

पूर्व बैंकर अनिल केशरी शाहले पनि लामिछानेको नाममा चेक डिपोजिट गरिए पनि खातामा पैसा जम्मा नभएको दाबी गरे ।
ग्यालेक्सी टेलिभिजनको जागिर छाडेर निस्किँदा १५ प्रतिशत शेयरको नाममा उनले १ करोड ८० लाख आफ्नो निजी खातामा सारेको विषय बाहिरिएको थियो।

सहकारी र लघुवित्तले जनतालाई दु:ख दिएको र यसलाई समाधान गर्नुपर्नेमा आफ्नो पार्टी दृढ रहेको उनले बताए।