लगातार तेस्रो दिनपनि घटबड भएन सुनकाे भाउ

लगातार तेस्रो दिनपनि घटबड भएन सुनकाे भाउ


काठमाडौं ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य लगातार तेस्रो दिनदेखि स्थिर रहेको जनाएको छ ।

महासंघले आजको मूल्यसूची तय गर्दै लगातार तेस्रो दिनदेखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । यो साताको आइतबार र सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा समेत गिरावट आएको छ ।

महासंघले हिजो सोमबारको तुलनामा आज २० रुपैयाँले घटेसँगै प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको जनाएको छ । हिजो तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।