अब भिजिट भिसामा विदेश जान स्व-घोषणा गर्नुपर्ने, कसरी भर्ने फारम ?

अब भिजिट भिसामा विदेश जान स्व-घोषणा गर्नुपर्ने, कसरी भर्ने फारम ?


काठमाडौँ ।

अब भिजिट तथा पर्यटकीय भिसामा विदेश जान स्वघोषणा गरे पुग्ने भएको छ ।

यसअघि जारी भएको गाइडलाइनलाई गृहमन्त्रीस्तरीय निर्णयबाट खारेज गरिदिएको छ । अब भिजिट भिसामा विदेश जानु परेमा अध्यागमन कार्यालयलाई स्व घोषणा गर्नुपर्ने भएको हो ।

युएई, बहराइन, कुतेव, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा जाँदा स्व घोषणा फारम भर्नुपर्ने भएको हो ।

त्यसका लागि सम्बन्धित देशमा कम्तीमा ५ महिना म्याद भएको राहदानी अनिवार्य हुनुपर्नेछ । त्यस्तै गन्तव्य देशको भिसा हुनुपर्ने, दुईतर्फी हवाई टिकट भएको समेत स्वघोषणा गर्नुपर्नेछ ।

त्यस्तै भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता तथा गैरसरकारी संस्थाको निमन्त्रणा पत्र समेत उल्लेख गर्नुपर्नेछ ।

यसरी स्व घोषणा गरेको खण्डमा ती देशहरूमा जान पाइनेछ । यसअघि गृह मन्त्रालयले सचिवस्तरीय निर्णयबाट २५ फागुन २०७८ मा भिजिट वा पर्यटकीय भिसामा जानका लागि कडा मापदण्ड तय गरेको थियो । उक्त मापदण्ड अहिले खारेज गर्दै नयाँ ६ बुँदे कार्यविधि जारी गरेको हो ।

 

421648539_7526507297361677_8387125958593260608_n