२२ माघमा संघीय संसदको अधिवेशन बोलाउन सरकारकाे सिफारिस

२२ माघमा संघीय संसदको अधिवेशन बोलाउन सरकारकाे सिफारिस


काठमाडौं ।

सरकारले २२ माघमा संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २२ माघमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारले गत १६ कात्तिकमा संसदको वर्षे अधिवेशन अन्त्य गरेको थियो ।