राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन

राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन


काठमाडौँ ।

संघीय संसदको दुवै सदनको  हिउँदे अधिवेशन २२ गतेदेखि सुरु हुने भएकाे छ ।  मन्त्रिपरिषद्को सिफारिसमा बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले बैठक आह्वान गरेका हुन् ।

राष्ट्रपतिले माघ २२ गते सोमबार अपराह्न ४ बजेका लागि संसद् बैठक आह्वान गरेका हुन् ।

माघ २२ गते ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्नेगरी दुवै सदनको बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।