श्रीमतीको हत्या आराेपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आराेपमा श्रीमान पक्राउ


सल्यान ।

आफ्नै श्रीमती २८ वर्षीया सिमा कँवर भन्ने पार्वती कँवरको हत्या गरेको अभियोगमा छत्रेश्वरी गाउँपालिका-५ लेखपोखरा बस्ने २३ वर्षीय मोहन पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

पार्वती आफ्नै घरमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा मोहनले आपसी झै-झगाडामा सिमाको हत्या गरेको खुल्न आएपछि उनलाई छत्रेश्वरी गाउँपालिका-५ ढाकुडाँडास्थित जंगलमा लुकिछपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीउपर ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत सल्यानबाट ८ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।