प्रभु साह नेतृत्वका ६६ जना नेता-कार्यकर्ता पक्राउ

प्रभु साह नेतृत्वका ६६ जना नेता-कार्यकर्ता पक्राउ


जनकपुर ।

बजार बन्द गराउँदै हिँड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का ६६ जना नेता-कार्यकर्तालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ ।

३६ जना पुरूष र ३० जना महिलालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

‘सवारी आवागमनमा अवरोध गर्ने, बन्द गर्ने, गाडीमा ढुंगामुढा गरी अराजक गतिविधि गर्नेलाई नियन्त्रणमा लिएका हौँ,’ उनले भने।

पक्राउ गरिएका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

राष्ट्रिय सभा चुनावलाई लक्षित गरी आजपाले बिहीबार बन्द आह्वान गरेको थियो।

लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने, बैंकहरूले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्नेलगायत माग गर्दै आजपाले बन्द गरेको हो।

बन्दको प्रभाव नपरेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी श्याम महतोले बताए।