४ दिन सम्म स्थिर रहेको सुनको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

४ दिन सम्म स्थिर रहेको सुनको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।
बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

४ दिन सम्म स्थिर रहेको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको हो ।

बुधबार सम्म १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १८ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १७ हजार ४५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ २० रुपैयाँले बढेको छ । हिजो १३ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज १४ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।