राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न गएनन् बालेन साह

राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न गएनन् बालेन साह


काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने भएका छन् ।

बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा मतदान भइरहेको छ ।

बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले उनी मतदान गर्न नगएकाे र जाने कुरो पनि नभएकाे पुष्टि गरे ।

‘उहाँ मतदान गर्न जानु भएको छैन, कार्य व्यस्तताको कारण मतदान गर्न नजानु भएको भन्ने बुझिएको छ । जाने कुरो पनि छैन,’ उनले भने ।

उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगेकी छन् ।