बालेन र हर्कले बहिष्कार गरे राष्ट्रियसभा निर्वाचन

बालेन र हर्कले बहिष्कार गरे राष्ट्रियसभा निर्वाचन


काठमाडौँ ।

राष्ट्रिय सभा सदस्य चयनका लागि सातवटै प्रदेशमा बिहीबार निर्वाचन भइरहेको छ । तर, राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको मतदाता रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले भने मतदान नगर्ने भएका छन् ।

राष्ट्रियसभा निर्वाचनअन्तर्गत हेटौँडास्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा चार पदका लागि मतदान जारी छ । तर, शाह हेटौँडा पुगेका छैनन् । महानगरका नयाँ प्रशासकीय अधिकृतसँग बैठक भएकाले उनी मतदान गर्न जाने सम्भावन कम रहेको बताइएको छ ।

यस्तै, धरान उपपहानगरका प्रमुख साम्पाङ कार्यव्यस्तता देखाउँदै राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका हुन् । बिहान ९ बजेबाट सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा सुरु भएको मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्ने  निर्वाचन आयोगले जनाएको छ ।