अपार्टमेन्टको बालकनीबाट हामफालेर १२ वर्षीया बालिकाले गरिन् आत्महत्या

अपार्टमेन्टको बालकनीबाट हामफालेर १२ वर्षीया बालिकाले गरिन् आत्महत्या


बैंग्लरु ।

भारतमा १२ वर्षीया एक बालिकाले आफ्नो भवनबाट हाम फालेर आत्महत्या गरेकी छिन् ।

उनले आफ्नो २९ तलाको अपार्टमेन्टको बालकनीबाट हामफालेर आत्महत्या गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

ती बालिका ७ कक्षामा अध्ययनरत रहेकाे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यो घटना बेंगलुरुको हुलिमावु क्षेत्रको हो। जानकारीका अनुसार बालिका मानसिक तनावबाट पीडित थिइन् । यस्तो अवस्थामा उनले जनवरी २३ गते बिहान ५ बजे भवनको २९ औं तलाबाट हाम फालेर आत्महत्या गरेकी थिइन ।

जानकारीका अनुसार ती बालिका निजी विद्यालयमा पढ्थिन् । उनका बुबा बैंगलोरमा सफ्टवेयर इन्जिनियर छन भने आमा गृहिणी छिन । प्राप्त जानकारी अनुसार बिहान ४ः३० बजे उठेकी ती बालिका  हाम फालेर आत्महत्या गरिन् ।

बालिका मानसिक तनावबाट ग्रसित थिइन् । घरमा परिवारका सदस्यहरूसँग उनको सम्बन्ध राम्रो थिएन। त्यही भएर उनले यस्तो कदम चालेकी जनाएकी छिन ।