जाजरकोट भुकम्प : २० अनाथ बालबालिका मामाघर आश्रममा

जाजरकोट भुकम्प : २० अनाथ बालबालिका मामाघर आश्रममा


काठमाडौं।

जाजरकोटका भुकम्पमा अभिभावक गुमाएका बालबालिकाले काठमाडौंमा आश्रय पाएका छन् ।

श्री बालयोगेश्वर बिजयमुर्ती महाराजले उनीहरूलाइ जाजरकोटबाट खोजेर काठमाडौं ल्याएर बसोबासको ब्यवस्था मिलाएका हुन ।
मामाघर अनाथालय सपोर्ट एन्ड केयर, बाडेगाउँ ललितपुरले उनीहरूकाे जिम्मा लिएकाे हाे ।

सो आश्रममा अहिले २० जना बालक र १० जना बालिकासहित ३० जनालाई जाजरकोटबाट ल्याईएर जिम्मा लिएकाे हाे । ती मध्ये अधिकांश दलित समुदायका बालबालिका रहेका छन् ।

बालबालिकालाई निशुल्क गाँसबास, शिक्षा तथा स्वास्थ्यलगायत सम्पूर्ण जिम्मा आश्रमले लिनेछ ।