सुनखानी दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७० पुग्यो

सुनखानी दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७० पुग्यो


बामाको ।

मालीमा सुनखानी भत्किदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

मालीका एक अधिकारीका अनुसार सुन खानी भत्किँदा भएको दुर्घटनामा परी अहिलेसम्म ७० भन्दा बढी कामदारकाे मृत्यु भएको पुष्टी गरिएकाे छ । उनका अनुसार मृतकको संख्या बढ्न सक्ने डरका बीच खोजी कार्य जारी राखिएको छ ।

माली सरकारको राष्ट्रिय भू-विज्ञान र खानी निर्देशनालयका एक वरिष्ठ अधिकारी करिम बर्थेका अनुसार सो खानीमा अझै खोजी कार्य जारी राखिएको छ र मृतकको संख्या बढन सक्ने भन्दै डरै डरमा खाेजी कार्य जारी राखिएकाे छ ।

‘यो तुरुन्तै स्पष्ट हुन सकेको छैन कि सो खानी के कारणले भत्किएको थियो, त्यसको कारण पत्ता लगाउने कोशिश पनि गरिरहेका छौ’ उनले भने । गत मंगलबार खानी मन्त्रालयको बयानमा नै भनिएको थियो कि धेरै सुनखानीका कामदारहरूको मृत्यु भएको अनुमान गर्न सकिन्छ । दक्षिण पश्चिमी कौलिकोरो क्षेत्रको कांगाबा जिल्लामा यो खानी भत्किएको हो ।

अफ्रिकाको तेस्रो ठूलो सुन उत्पादन गर्ने देश मालीमा यस्ता दुर्घटनाहरू सामान्य मानिदै आएका छन्। खानीहरूमा काम गर्ने कामदारको सुरक्षा उपायहरूलाई बेवास्ता गरेको आरोप लगाईदै आएको छ । विशेष गरी दुर्गम क्षेत्रहरूमा भएका सुन खानीमा कामदारका लागि कुनै सुरक्षा ब्यवस्था गरिएको हुदैँन, जसका कारण अन्तराष्ट्रिय श्रमिक संगठनहरूले त्यसको आलोचना गर्दै आएका छन ।

‘राज्यले भविष्यमा यस प्रकारका दुर्घटनाहरूबाट बच्न यस कारीगरी खानी क्षेत्रमा सुरक्षा व्यवस्था ल्याउनै पर्छ,’ बर्थेले भने। खानी मन्त्रालयको विज्ञप्ति जारी गरी सो दुर्घटना प्रति गहिरो शोक ब्यक्त गरेको छ । खानी कामदारहरू साथै खानी साइटहरू नजिक बसोबास गर्ने समुदायहरूलाई सुरक्षा आवश्यकताहरूको पालना गर्नसमेत मन्त्रालयले आग्रह गरेको भ्वो न्युजले जनाएको छ ।