असई भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असई भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


बाँके ।
प्रहरी चौकी खडैचा बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रसिंह भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

कृषि प्रयोजनका लागि भारतबाट ल्याएको रासायनिक मल छुटाइदिने नाममा सेवाग्राहीसँग ८ हजार रुपैयाँ घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

घूस रकमबराबरकाे बिगो र बिगोबमोजिम जरिमानाको मागदाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएकाे छ ।