गठबन्धनलाई कमजोर बनाउने नीतिमा एमाले देखियाे : माधव नेपाल

गठबन्धनलाई कमजोर बनाउने नीतिमा एमाले देखियाे : माधव नेपाल


काठमाडौंँ ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले गठबन्धनलाई कमजोर बनाउने नीति लिएको आरोप लगाएका छन् ।

आइतबारदेखि सुरु भएको पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकमा समसामयिक राजनीति र नेपालको अवस्थाबारे लिखित सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यस्तो आरोप लगाएका हुन् ।

एमालेले गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको बताए ।

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलसँग सहमती गरेर जाने विषयमा छलफल भए पनि गठबन्धनका दलहरु एकजुट भएका कारण त्यो सम्भव नभएको बताए ।

नेकपा एमालेले गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको थियो । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनसँग सहकार्यका लागि एमालेले वार्ता, छलफल र सम्वाद गरे पनि सहमति हुन सकेन ।’ अध्यक्ष नेपालले भने, ‘सत्ता गठबन्धनका दलहरु एकजुट भएर उभिन पुगेपछि नेकपा एमालेको प्रयत्न असफल भयो ।

त्यस्तो अवस्थामा नेकपा एमालेले राप्रपासँग गठबन्धन गर्न पुगेको थियो । यस परिणामले कोशी प्रदेशमा १ सिट जितेर यो निर्वाचनमा नेकपा एमाले शून्य हुनबाट जोगिन पुगेको छ । राष्ट्रिय सभाको निर्वाचनको परिणमले सत्ता गठबन्धनमा उलटफेर हुने अवस्था नरहे पनि भोट क्रसिङको विषयले गठबन्धनका दलहरुभित्र मात्र होइन हरेक दलभित्र छलफलको विषय बन्न पुगेको छ ।’

त्यस्तै, आम निर्वाचन २०७९ को परिणामपछि सबै कम्युनिष्टहरु मिल्दा पनि बहुमत आउन सक्ने अवस्था नरहेको बताए । साथै अहिलेको अवस्थामा कम्युनिष्ट आन्दोलन ओरालो लागेको र संविधान र गणतन्त्रमाथि नयाँ चुनौती थपिएको बताए ।