काठमाडौँ महानगरका शिक्षा प्रमुखलाई बालेनको ७ दिने स्पष्टीकरण

काठमाडौँ महानगरका शिक्षा प्रमुखलाई बालेनको ७ दिने स्पष्टीकरण


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा विभागका प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन् ।

कोइरालाले महानगरको शिक्षा बोर्डको सहमतिविना काठमाडौंको मध्यबानेश्वरस्थित रत्नराज्य क्याम्पसलाई प्लस टु चलाउन अनुमति दिएको आरोपमा ७ दिने स्पष्टीकरण सोधेका हुन् ।

साथै, मेयर शाहले कोइरालालाई केही दिन बिदामा बस्न निर्देशनसमेत दिएका छन् ।

कोइरालाले नगरसमितिको बैठकको निर्णय अनुसार गर्नू भनिएपनि रत्नराज्य क्याम्पसलाई विज्ञान संकाय चलाउन ११ र १२ को अनुमति दिएका थिए ।

काठमाडौं नगरसमितिको बैठकमा यस विषयमा छलफल चलेपनि निर्णय भने भइनसकेको बताइएको छ ।