लम्साललाई बधाई तथा सम्मान

लम्साललाई बधाई तथा सम्मान


स्याङ्जा।

स्याङ्जा सदरमुकामको प्रतिष्ठित सहकारी रोयल बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारीका निर्वतमान अध्यक्ष, बौद्धिक व्यक्तित्व, सहकारीका संस्थापक भरतप्रसाद लम्साललाई बधाई तथा सम्मान गरेको छ ।

विकास बैंक तर्फको नेपालकै उत्कृष्ट बैंक मुक्तिनाथ विकास बैंकको हालै सम्पन्न १७ औं साधारण सभाबाट लम्साल संचालकमा निर्वाचित भएका थिए । संस्थाका निर्वतमान अध्यक्ष बैंकको संचालकमा चयन भएकोमा सहकारीले उनलाई सहकारीकै सभाहलमा बधाई तथा सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै लम्सालले पछिल्लो समय नेपालको आर्थिक क्षेत्र प्रभावित बन्दा नागरिकको दैनिक महँगो बन्दै गएको बताए । उनले लामो समयदेखि विभिन्न देशमा चलेको युद्ध र कोभिडका कारणले नेपालको आर्थिक क्षेत्र प्रभावित बनेको जिकिर गरे ।

बधाई तथा सम्मानका अवसरमा रोयल सहकारीका उपाध्यक्ष विष्णुप्रसाद पोखरेल, सूर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनी पुतलीबजार शाखाका प्रमुख सुजन पोखरेल लगाएतका वक्ताहरुले लम्सालको व्यक्तित्व र बौद्धिकताको प्रयोगले बैंकले थप प्रगति गर्नेमा शुभकामना व्यक्त गरे ।

सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका सचिव प्रकाश डोटेलले गरेका थिए भने धन्यवाद ज्ञापन प्रबन्धक शान्ति ढकाल अर्यालले गरेकी थिईन ।

२०५६ मा स्थापित रोयल सहकारी संस्था स्याङ्जाका संस्थापक र जिल्लाका व्यवसायीहरुको सक्रियतामा २०६३ मा मुक्तिनाथ विकास बैंक स्थापना भएको हो । बैंकको प्रमुख लगानी र नेपाल भरका ८ सय भन्दा बढि लगानीकर्ताको लगानीमा २०७४ मा मुक्तिनाथ कृषि कम्पनी संचालनमा आएको छ ।