नेपाली सेनाले माग्यो वृक्षरोपण हेरालु पदका लागि कर्मचारी

नेपाली सेनाले माग्यो वृक्षरोपण हेरालु पदका लागि कर्मचारी


काठमाडौं ।

नेपाली सेनाले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाका लागि वृक्षरोपण हेरालु पदका लागि कर्मचारी मागेकाे छ ।

सेनाले सूचना जारी गर्दै वृक्षरोपण हेरालु पदका लागि करारमा ८ जना कर्मचारी माग गरेको हो ।

बोटबिरुवा रोपाइ तथा हेरविचारसम्बन्धी ज्ञान भएको व्यक्ति र उमेर ५० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । सामान्य शारीरिक जाँच तथा अन्तर्वार्ताका माध्यमबाट उम्मेदवार छनोट गरिने सेनाले जनाएको छ ।

आवेदन दिनका लागि जंगी अड्डा वा सडक निर्माण कार्यालय बेसक्याम्प निजगढमा दरखास्त पेस गर्नुपर्नेछ ।