भन्सार छली ल्याउँदै गरेको ७ लाख ५७ हजार बराबरको सामान बरामद

भन्सार छली ल्याउँदै गरेको ७ लाख ५७ हजार बराबरको सामान बरामद


धनुषा ।

भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको ७ लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामान आइतबार प्रहरीले बरामद गरेको हो ।

सामान ओसारपसारमा प्रयोग गरिएका ३ वटा मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।

बरामद गरिएको सामान र मोटरसाइकल भन्सार कार्यालय जनकपुरलाई बुझाइएको प्रहरीले जनाएको छ ।