ललितपुरकाे अपार्टमेन्टमा विदेशी महिला मृत फेला

ललितपुरकाे अपार्टमेन्टमा विदेशी महिला मृत फेला


काठमाडाैँ । 

ललितपुरमा एक जना विदेशी महिला मृत फेला परेकी छिन्।

सोमबार बिहान नागबहालस्थित अपार्टमेन्टमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए ।

उनी जर्मन नागरिक भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ लागेकाे एसपी कार्कीले जानकारी दिए ।

विगत १ वर्षदेखि साे स्थानमा बस्दै आएकी ती महिलाकाे सनाखत भइसकेको छैन ।