ललितपुरमा विदेशी महिला मृत फेला, टाउकोमा चोट देखियो

ललितपुरमा विदेशी महिला मृत फेला, टाउकोमा चोट देखियो


ललितपुर ।

ललितपुरको मंगलबजारस्थित नकिबहालमा विदेशी महिला मृत फेला परेकी छन् ।

नकिबहाल स्थित राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन् ।

जर्मन महिलाको मृत्यु शंकास्पद देखिएको छ । मृतक महिलाको टाउकोमा चोट देखिएको छ ।मृतक जर्मन घर भएर ललितपुर बस्ने एडि इल एचइडी हुन् ।

करिब ५५–६० उमेरकी उनी १ वर्षदेखि त्यही बस्दै आएकी थिइन् ।

मृतकको सनाखत भैसकेको छैन ।

घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।