खानामा विष मिसाएर हत्या गरी शव बेपत्ता पारेका मोहन २३ वर्षपछि पक्राउ

खानामा विष मिसाएर हत्या गरी शव बेपत्ता पारेका मोहन २३ वर्षपछि पक्राउ


धनुषा ।

खानामा विष मिलाएर हत्या गरेको अभियोगमा फरार भएका एक आरोपितलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

कमला नगरपालिका वडा नम्बर ६ स्थित सखुवामडान बस्ने ५४ वर्षीय मोहन साह कानुलाई घटनाको २३ वर्षपछि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

मोहनले विष मिलाएर दिएको खाना स्थानीय बुधनी देवीले खाँदा उनको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार बुधनीको हत्या गरेर उनले शव समेत बेपत्ता पारेका थिए।

घटनपछि फरार भएका मोहनलाई अनुसन्धानको सिलसिलामा खोज तलास गर्दै जाने क्रममा विशेष सूचनाको आधारमा आइतबार पक्राउ गरिएको उनले बताए।

मोहनविरूद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।