सुपरसिक्स नखेल्दै यू-१९ क्रिकेट विश्वकपबाट बाहिरियो नेपाल, आज बंगलादेशकाे सामना गर्दै

सुपरसिक्स नखेल्दै यू-१९ क्रिकेट विश्वकपबाट बाहिरियो नेपाल, आज बंगलादेशकाे सामना गर्दै


काठमाडौं ।

नेपाल यू-१९ क्रिकेट विश्वकपबाट बाहिरिएको छ । आज बंगलादेशविरुद्ध सुपर सिक्सको खेल खेल्न लागेको नेपाल आफ्ना सुपर सिक्सका खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

मंगलबार सम्पन्न सुपरसिक्सका खेलमा भारत र पाकिस्तानले आ-आफ्ना खेल जितेसँगै सुपर सिक्समा रहेका नेपालसहितका तीन देश सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । नेपालसहित न्यूजील्याण्ड र आयरल्याण्ड अब सेमिफाइनलको दौडबाट बाहिरिएका हुन् ।

सुपर सिक्सको समुह १ मा भारत र पाकिस्तानको ६-६ अंक भएको छ भने बंगलादेशको २ अंक रहेको छ । त्यस्तै न्यूजील्याण्डको २ अंक रहेको छ भने नेपाल र आयरल्याण्डको शुन्य अंक रहेको छ ।

नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगेपनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिदा नेपाल अंक विहिन भएको हो ।

अब नेपालले आज बंगलादेशसँग र शुक्रबार भारतसँग विजयी भएपनि सेमिफाइनल पुग्न असफल हुने छ ।  योसँगै नेपाल सुपरसिक्सका २ खेल खेलेर घर फर्किने भएको छ ।

सुपर सिक्समा आज नेपालको सामना बंगलादेशसँग

काठमाडौं, १७ पुस ।  जारी आइसीसी यू-१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दैछ ।

नेपालले समुह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समुह डी मा तेस्रो हुदै सुपर सिक्समा पुगेको हो । त्यस्तै बंगलादेशले समुह चरणमा ३ खेलमा २ जित र एक हारसहित समुह ए बाट दोस्रो हुदै सुपर सिक्समा पुगेको हो ।

नेपाल अहिले सुपर सिक्सको समुह १ मा समुह चरणको रनरेटको आधारमा पाँचौं स्थानमा रहेको छ । त्यसैले सेमिफाइनलमा पुग्ने नेपालले सुपर सिक्सका दुवै खेल जित्नै पर्ने अवस्था रहेको छ ।

नेपालले समुह चरणमा न्यूजील्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई रोमान्चक एक विकेटले पराजित गरेको थियो ।

आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ । सुपर सिक्समा रहेका ६ देशले २(२ खेल खेलेपछि शिर्ष स्थानका दुई देश सेमिफाइनलमा पुग्ने छन् ।