सवारी दुर्घटनामा परी पूर्वमन्त्री पौडेलको मृत्यु

सवारी दुर्घटनामा परी पूर्वमन्त्री पौडेलको मृत्यु


काठमाडाैँ ।

बागमती प्रदेश सरकारका पूर्वमन्त्री तथा नेपाली कांग्रेस चितवनका नेता बलराम पौडेलको सडक दुर्घटनामा परी निधन भएको छ । पौडेलले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो ।

आज दिउँसो नवलपुरको गैँडाकोट नगरपालिका– ५ कालीगण्डकी चोकमा पूर्वमन्त्री पौडेल सवार ना ४६प ७७५९ नम्बरको मोटरसाइकललाई ग १ख ८५४७ नम्बरको बसले ठक्कर दिँदा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

साढे १२ बजेतिर दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा दिउँसो १ बजेतिर जिल्ला सरकारी अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा निधन भएको हो। ठक्कर दिने बस र बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

चितवन भरतपुर महानगरपालिक-१७ का पौडेल नेपाली कांग्रेस चितवनका पुराना नेतामध्येका हुन् भने उनी बागमती प्रदेश सरकारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री भएका थिए ।