यसरी चल्दै छ झापामा समुदायमा कांग्रेस अभियान

यसरी चल्दै छ झापामा समुदायमा कांग्रेस अभियान


झापा ।

मुलुकका सबै ६ हजार ७४३ वडामा एकसाथ कांग्रेस पुग्ने लक्ष्यसहित माघ १६ गते सहिद सप्ताहको अन्तिम दिनदेखि सुरु भएको समुदायमा कांग्रेस अभियान झापाम जारी छ।

अभियानका झापा प्रतिनिधि तथा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले अर्जुनधारा नगरपालिकाको लक्ष्मीपुरमा रहेको सहिद राजन गिरीको शालिकमा माल्यर्मण गरी शुभारम्भ गरेको अभियान निरन्तर चलिरहेको कांग्रेस महासमिति सदस्य उत्तमबहादुर चौलागाईंले बताए ।

कांग्रेस नेताहरू अहिले वडावडामा पुगेर कांग्रेस रुपान्तरणको रचनात्मक कार्य गरिरहेका छन् । उनीहरूले कार्यकर्ताको गुनासो, सुन्ने, समाधानको उपाय सुझाउने र अभियानको उद्देश्यको बारेमा प्रष्ट्याउने काम गरिरहेको जनाइएको छ।

पार्टीले तोकेका प्रतिनिधिले सहिदको शालिकमा माल्यार्पण गर्ने, सहिद परिवारलाई भेट्ने, पुराना कांग्रेसलाई सम्मान गर्ने, उनीहरूको धारण बुझ्ने, अस्पताल लगायत जिल्लाका दुरदराजमा पुगेर विरामी, अशक्तलाई फलफूल वितरण,खाद्यान्न र पौष्टिक आहार समेत वितरण गर्ने कामलाई निरन्तरता दिएका छन्।

कांग्रेस काेशी प्रदेस सदस्य समेत रहेका चाैलागाईंका अनुसार अभियान अन्तरगग कनकाई नगर अस्पतालका विरामीलाई फलफूल , हर्लिकस, विष्कुट लगायत खाद्य सामग्री वितरण गरिएको छ। सो अवसरमा अस्पतालका मेसु रूपेस साहले अस्पतालकाे अवस्था र आवश्यकताका बारेमा जानकारी गराएका थिए।

यसैगरी आचार्य, चौलागाईं लगायत सहभागी टोलीले कांग्रेस कार्यकर्ता जितेन्द्र श्रेष्ठकी आमाकाे स्वास्थ्यस्थिती बुझ्नुका साथै कनकाई – ५ तुलसीबारीका पुराना कांग्रेस जनक शिवाकाेटी र डम्वर तुम्वापाेसँग जीवनकाे उत्तरार्धमा गरिरहेको संघर्ष र विगतमा गरेको कामको जानकारी लिएको छ।

यसैक्रममा कनकाईमा नै रहेको बिपी वनवाटिकाकाे सरसफाइ गरी २० वटा धुपीका विरुवा रोप्ने काम सम्पन्न भएको चौलागाईंले जानकारी दिए।कार्यक्रममा केन्द्रीय प्रतिनिध आचार्य, महासमिति सदस्य अञ्जु थपलिया, कोशी प्रदेस सदस्यद्वय रञ्जीता कार्की, शाेभा श्रेष्ठ नेम्वाङ, झापा ४ का क्षेत्रीय सभापति जयनारायण साह, स्थानीय नेताहरू नवीन थापा र सखिचन ठाकुर,खेम सिटाैला, सन्ताेष रायामाझी,शेखर ढकाल,लिला कटुवाल,असाेक बस्नेत, दुर्गा प्रसाईं ,नेता रमेश दाहाल, याम फुयाँल लक्ष्मी ढुङ्गाना ,चक्र तामाङ,भुपाल कार्की ,राधा तण्डुकार लगायतको सहभागिता थियोे।

बिपी वनवाटिका सराेकार समूह दर्तागरी एकदर्विलाे काेष बनाएर वनवाटिकालाई जीवन्त बनाउन सक्नु पर्ने धारणा सहभागीले राखे। वनवाटिकाको संरक्षण र स्तरवृद्धि गर्नु पर्नेमा उनीहरूले जोड दिए।

अभियान अन्तरगत झापाकाप्रथम सहिद विश्वनाथ घिमिरे, तत्कालीन सरकार र माओवादीले हत्या गरेका याम आचार्य, श्यामसुन्दर यादव, चन्द्रमणी भट्टराई, २०४६ सालमा हत्या गरिएका राम थापा, २०२८ सालमा हत्या गरिएका बुटन चौधरी, सन्थाल नेता तिर्सा हेमराम लगायतको शालिकमा माल्यार्पण र उनीहरूको योगदाननका बारेमा चर्चा गर्ने काम सकिएको छ।

अभियान अन्तरगत झापामा प्रजातान्त्रिक समाजवादका व्यख्याता सिके प्रसाईं चिन्तन प्रतिष्ठान लगायतका बिपीको शालिक भएका स्थानमा उनीहरूको योगदानको चर्चा भइरहेको जनाइएको छ। ती कार्यक्रममा कांग्रेस कोशी प्रदेश सभापति उद्धब थापा लगायत प्रदेश, जिल्ला, गाउँ / नगर, भ्रातृसंगठन तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि सहभागी हुने गरेका छन् ।

केन्द्रीय प्रतिनिधि आचार्यसहितका कांग्रेस नेताकार्यकर्ता गाउँगाउँमा कांग्रेसजनले गरेको व्यवसायिक खेती, पशुपालन तथा अन्य उद्यमको अवलोकन र उनीहरूसँगको अन्तरक्रियामा सरिक भइरहेको पार्टीले जनाएको छ।