कांग्रेस संसदीय दलको बैठक बस्दै, हिउँदे अधिवेशन मुख्य एजेण्डा

कांग्रेस संसदीय दलको बैठक बस्दै, हिउँदे अधिवेशन मुख्य एजेण्डा


काठमाडाैँ ।

नेपाली कांग्रेस संसदीय दलको बैठक केहि बेरमा बस्दैछ । आगामी सोमबारदेखि हिउँदे अधिवेशन आह्वान भएकाले त्यसको तयारीका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठकमा अन्य समसामयिक राजनीतिक विषयहरू र सरकारका काम कारबाहीका विषयमा समेत छलफल हुनेछ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठक अपराह्न २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने जानकारी दिए ।

उनका अनुसार हिउँदे अधिवेशनका कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुनेछ । संसद्‍मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले भूमिका निभाउने विषयमा समेत बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।