आफ्नाे मृत्युको झुटो खबर फैलाउने अभिनेत्री पुनम पाण्डेविरुद्ध प्रहरीमा जाहेरी

आफ्नाे मृत्युको झुटो खबर फैलाउने अभिनेत्री पुनम पाण्डेविरुद्ध प्रहरीमा जाहेरी


काठमाडौं ।

चर्चित भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेले आफ्नो झुटो मृत्युको खबर फैलाएपछि अहिले उनी समस्यामा परेकी छिन् । अखिल भारतीय सिने वर्कर्स एसोसिएसन (एआईसीडब्ल्यूए) ले उनी विरुद्ध एफआईआरको माग गरेको छ ।

उनले गरेको कार्य एकदमै गलत र अस्वीकार्य भएको भन्दै शनिवार एआईसीडब्ल्यूएले आफनो आधिकारिक एक्स ह्यान्डल मार्फत एक विज्ञप्ति जारी गरेको थियो ।उक्त विज्ञप्तिमा अभिनेत्री पुन लगाएत उनको पुरै पिआर टोलीलाई नै कानुनी कारबाही गर्न माग गरेको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘मोडल तथा अभिनेत्री पुनम पाण्डेको झुटो पीआर स्टन्ट एकदमै गलत भएको छ । आफ्नो चर्चाको लािग पाठेघर क्यान्सरको आवरण प्रयोग गर्नु स्वीकार्य छैन । यस्तो क्रियाकलापले पछि भारतीय चलचित्र क्षेत्रमा कुनै पनि मृत्यु प्रति मानिसहरुले विश्वास गर्न हिचकिचाउन सक्छन् ।’

भारतीय सिने वर्कर्स एसोसिएसनले अभिनेत्री विरुद्ध एफआईआरको माग गर्दै, सिंगो भारत र चलचित्र क्षेत्रले उनी प्रति श्रद्धाञ्जलि अर्पण गरेको थियो । उनको यो क्रियाकलाप एकदमै गलत र अस्वीकार्य रहेको बताइएको छ ।

अभिनेत्रीका म्यानेजरले उक्त खबर झुटो भनि पुष्टि गरेकाले व्यक्तिगत स्वार्थको लागि मृत्युको झुटो खबर प्रयोग गरिएको पुष्टि भएको छ ।

यसबाट लाभ उठाउनबाट रोक्नका लागि अभिनेत्री र उनका म्यानेजर विरुद्ध एफआईआर दर्ता गरिएको बताइएको छ । शनिबार एआईसीडब्ल्यूए आफ्नो आधिकारिक एक्स ह्यान्डल मार्फत बयान जारी गर्दै अभिनेत्री पुनमलाई मात्र नभएर उनकोे पुरै पीआर टिमको विरुद्ध कानुनी कारबाहिको माग गरेको छ ।

उनको पब्लिसिटि स्टन्टको निन्दा गर्दै चलचित्र उद्योगमा कोहि पनि यो तहसम्म पुग्न नसक्ने तर्क पनि लेखिएको छ ।