आलोकनगरका अस्थायी घर टहरामा महानगरको डोजर

आलोकनगरका अस्थायी घर टहरामा महानगरको डोजर


काठमाडौं ।

सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको छ ।

महानगरपालिकाको प्रहरी टोलीले वडा कार्यालयको खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका १४ वटा अस्थायी घर टहरा भत्काइरहेको वडाध्यक्ष सरोज ढकालले बताए ।

उनका अनुसार आफ्नो वडामा रहेका अवैध संरचनाको अध्ययन भइरहेको र सोही रफ्तालमा हटाइने छ । अनधिृकत रुपमा सार्वजनिक जग्गा हडपेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाइएको वडाध्यक्ष ढकालले बताए ।

अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आइरहेका भौतिक सामग्रीहरू हटाएर डोजर चलाउने काम भएको महानगरले जनाएको छ ।