राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते


काठमाडाैँ ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन अन्तिमतिर गर्ने तयारी भएको छ । सभाका अध्यक्ष गणेश तिमल्सिनाको पदावधि सकिएर बिदा भएलगत्तै फागुन २९ मा अध्यक्षको निर्वाचन गर्ने राष्ट्रियसभाले सम्भावित कार्यसूची तयार पारेको छ ।

राष्ट्रियसभाको सम्भावित कार्यसूची अनुसार फागुन २९ मा राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुनेछ । त्यसका लागि फागुन २७ गते निर्वाचनको समय निर्धारण हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । फागुन २१ गते अध्यक्षसहित २० सांसद बिदा हुँदैछन् ।

गत माघ ११ गते रिक्त १९ सदस्यका लागि निर्वाचन भइसकेको छ भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् । जसमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई ल्याउने सहमति गठबन्धनमा भइसकेको छ ।

राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद सिटौलालाई प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।

 

राष्ट्रियसभाकाे सम्भावित कार्यसूची: