करको विरोधमा भाेली देशभरका फिल्म हल बन्द गरिँदै

करको विरोधमा भाेली देशभरका फिल्म हल बन्द गरिँदै


काठमाडौं ।

माघ २२ गते सोमबार देशभरका फिल्म हल बन्द हुने भएका छन् । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो ।

नेपाली फिल्म रिलिज नभएको अवस्थामा संघले हल बन्द गरेर विरोध जनाउन लागेकाे हाे । माघ २६ गतेबाट मात्र हलमा दुई वटा नेपाली फिल्म ‘दयारानी’ र हात्तीछाप’ प्रदर्शनमा आउँदै छन्।

मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लागिएको हाे ।

संघका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनका अनुसार अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा २२ गते देशभरका हल बन्द गर्न लागिएकाे हाे ।