आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो ।

आइतबार १ लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको थियो ।

आज तेजावी सुन १ लाख १७ हजार ९५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । हिजो १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।