देवघाटमा कर्मकाण्ड गर्ने पण्डितको परीक्षा, सबै विधि गर्न पाउने गरि एक जना मात्र उत्तिर्ण

देवघाटमा कर्मकाण्ड गर्ने पण्डितको परीक्षा, सबै विधि गर्न पाउने गरि एक जना मात्र उत्तिर्ण


देवघाट ।

देवघाटधाममा कर्मकाण्ड गर्ने पन्डित (पुरोहित) हरुलाई परिक्षा लिईएको छ ।

देवघाट क्षेत्र विकास समितिले बेणी संगममा चितवन तर्फ बसेर कर्मकाण्ड गर्नको लागि पण्डितहरुलाई मौखिक परिक्षा लिएको हो ।

परिक्षामा उनीहरुको प्रस्तुतीको आधारमा कर्मकाण्ड गर्ने प्रमाणपत्र दिईने क्षेत्र विकास समितिले जनाएको छ । पन्डितहरुको प्रस्तुतीको आधारमा उनीहरुले गराउने कर्मकाण्डको प्रकारको प्रमाणपत्र लिईने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । पण्डितहरुले प्रमाणपत्रमा उल्लेख बाहेकको अन्य कार्य गरेको भेटिए कारवाही गरिने कार्यकारी निर्देशक बरालले बताए ।

देवघाटधाममा बस्ने पण्डितहरुले विधि नपुर्याइ कर्मकाण्ड लगायतका धार्मिक काम गरेको गुनासो आएपछि क्षेत्र विकास समितिले परिक्षा लिएको हो । साथै देवघाटका पण्डितहरुले भक्तजनसँग धेरै रकम असुलेको गुनासो आएपछि त्यस्तो कार्यलाई नियमन गर्न पनि परिक्षा लिईएको समितिले जनाएको छ ।

पण्डित परिक्षा समितिका संयोजक तथा विज्ञ एवं सिताराम संस्कृत मावि देवघाट चितवनका सहायक प्राचार्य अर्जुन पाण्डेयले सबै विधि नजानेका पण्डितहरुबाट धेरै भक्तजन ठगिएको र विधि नपुर्‍याई कर्मकाण्ड हुने गरेको जनगुनासो आएपछि त्यसलाई व्यवस्थित गर्न परिक्षा लिईएको बताए ।

पाण्डेयका अनुसार उक्त परिक्षामा ९ जना पण्डित सहभागी भएकोमा एक जनाले मात्रै कर्मकाण्डका सबै विधि गर्न पाउने गरि उत्तिर्ण भएका छन् भने बाँकी मध्ये केहीले श्राद्ध मात्रै, केहीले ब्रतन्बन्ध मात्रै गराउन पाउने प्रमाणपत्र पाउनेछन् ।