काठमाडौं।
बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनजनालाई अब २ दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंले २ दिन म्याद दिँदै यो अवधिमा पनि अनुसन्धान नसकिए उनीहरुलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
पक्राउ परेकाहरुबाट थप बुझ्नुपर्ने वा कागज गराउनुपर्ने भएमा त्यस अगावै अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्न सक्ने तथा त्यसो नभएमा म्याद थप भएको २ दिनभित्र बुझ्नुपर्ने कागज गराई हाजिर जमानीमा छाड्न आदेश दिइएको छ ।
प्रतिक्रिया