महिना दिन पछि गरुडा नगरपालिकाको तालाबन्दी खुल्यो

महिना दिन पछि गरुडा नगरपालिकाको तालाबन्दी खुल्यो


रौतहट ।

एक महिनाको लामो तलाबन्दी पछि रौतहटको गरुडा नगरपालिकाको तालाबन्दी खुलेको छ ।

एक महिना भन्दा बढी दिन देखी गरुडा नगरपालिका कार्यालयमा लगाइएको ताला सोमबार बेलुका ७ बजे खुलेको हो ।

नगर उपप्रमुख पुनमदेवी चौधरीसहित ६ जना वडा अध्यक्षहरुले विभिन्न माग राख्दै बिगत एक महिना देखि नगरपालिका कार्यालयमा तालाबन्दी गरी मुलगेटमा धर्ना दिदै आएका थिए ।

नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले आन्दोलनरत जनप्रतिनिधिहरुको माग सम्बोधन गर्ने लिखित सहमति गरे पछी नगर उपप्रमुख चौधरीसहित आन्दोलनरत वडा अध्यक्षहरुले आज ताल्चा खोलेका हुन ।

जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा मेयर जयसवालर र आन्दोलनरत पक्ष बीच विभिन्न बुदाँमा लिखित सहमति भएपछि आन्दोलनरत जनप्रतिनिधिहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिदै पालिका कार्यालयमा लगाएको ताल्चा खोलेकाे जनाएका छन ।

ताल्चा खुलाउन जिल्ला प्रशासन कार्यालय रौतहटमा यस् अघि दुबै पक्ष बिच पटक पटक वार्ता हुँदै आएपनि कुरा न मिलेपछी उक्त वार्ता असफल हुँदै आएको थियो । तर सोमबार पुनः जिल्ला प्रशासन कार्यालयमा दुबै पक्ष बिच भएको वार्तामा सहमति जुटेको थियो । बार्ता सफल भएपछि गरुडा नगरपालिकाका मेयर, उप मेयर, वडा अध्यक्षहरुबिच लामो समय देखि हुँदै आएको आपसी द्वन्द, मनमुटाव, मतभेद र विवाद अन्त्य भएको छ ।